दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा युनाईटेड युवा क्लब विजयी




नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज युनाईटेड युवा क्लब गिरवारीका विरुद्ध शुभ प्रभात समाजबिच भएको निर्धारित समयको खेलमा १–१ को बराबरी गोल हुँदै ट्राईबेकरमा युनाईटेड युवा क्लब ४–२ गोल अन्तरले विजयी भएको हो । आज भएको निर्धारित समयको खेलमा युनाईटेड युवा क्लब गिरवारीका सर्विन मल्लले गोल गरेका थिए भने शुभ प्रभात समाजका मनबहादुर पाटा मगरले गोल गरेका थिए । आजको खेलमा युनाईटेड युवा क्लबका सुदीप कुमाल म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल न्यु नारायणी युवा क्लब र बरटाडी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।






सम्बन्धित
Loading...