एकैदिन विदेशबाट ल्याइए १५ शव
चैत २२ । आईतबार आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो ।
१५ वटै शव त्रिभुवन विमानस्थलमा आइपुगेर पनि त्यहाँबाट मृतकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिए।
शव बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि विमानस्थल पुगेका थिए।
बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका मेघबहादुर कुँवर र सूर्य बिकको शव पनि ल्याइएकाले उनीहरुका आफन्तलाई भेटेर सान्त्वना दिन तथा मृतकलाई श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुगेका हुन्।। शवलाई बुझ्न आएका आफन्तहरुको पीडालाई देखेर आफूले आँसु थाम्न नसकेको भन्दै उनले दुःख प्रकट गरेका छन्।
https://www.youtube.com/watch?v=MiJLjAgEl40&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=5
