दोस्रो देवचुली मेयर कपः आइतबारको खेलमा बरटाँडी विजयी
नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा बरटाँडी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान फारममा आइतबार बरटाँडी युवा क्लबका विरुद्ध न्यू नारायणी युवा क्लबबीच भएको खेलमा युनाईटेड युवा क्लब ५–१ गोल अन्तरले विजयी भएको हो ।
आइतबारको खेलमा बरटाँडी युवा क्लबका रोशन क्षेत्रीले ४ गोल, जित मगरले १ गोल गरेका थिए भने न्यू नारायणी युवा क्लबका गौरव पंजियारले १ गोल गरेका थिए । आइतबारको खेलमा बरटाँडी युवा क्लबका रोशन क्षेत्री म्यान अफ दि म्याच भएका छन् ।
नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, द्वितीय टिमले नगद ७५ हजार, सेमिफाइनलमा पुग्ने टिमले २०/२० हजार रुपैया प्राप्त गर्नेछन् ।
