नेपाल पत्रकार महासंघ नवलपुरमा सर्वसम्मत नेतृत्व चयन
यमबहादुर सोमै
नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरमा विरेन्द्र पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस संगठन गरी ५ संगठनबीच सर्वसम्मत भएको हो । जसको उपाध्यक्षमा नविन पौडेल, सचिवमा विष्णु गौडेल, महिला उपाध्यक्षमा मुना दाहाल, सचिवमा विष्णुप्रसाद गौडेल, सहसचिवमा श्रीधर उपाध्याय, समावेशी सहसचिवमा धनु भुषाल, कोषाध्यक्षमा बुद्धिराज कडरिया निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा अग्निधर लुईटेल (अर्जुन अविरल), अजय पौडेल, सञ्जय भट्टराई, राजु चापागाई, अर्जुन सापकोटा, टोलबहादुर राना, भविष्वर पाण्डे, दयाराम आचार्य, खगेन्द्र पराजुली, गंगा विश्वकर्मा र यमबहादुर सोमै सर्वसम्मत निर्वाचित भएका हुन् ।
केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरु पनि सर्वसम्मत भएका छन् । अहिले केन्द्रिय समिति र प्रदेश समितिका लागि भने निर्वाचन भएको छ ।