दलित मुक्ति अभियान नवलपुरमा




कावासोती । दुलित मुक्ति अभियान नवलपुरमा पनि थालिने भएको छ ।

नेपाल दलित मुक्ति अभियान नवलपुरले विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दलित मुक्ति अभियानको पक्षमा शनिबार कावासोतीमा कार्यक्रम समेत गरिने भएको छ ।




अभियानको बेलासँगसँगै शनिबार नै नेपाल दलित मुक्ति अभियान नवलपुरको नयाँ समिति पनि गठन गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।

मधु सुनारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार हुने कार्यक्रममा मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल लोहनी विक, गायक यश कुमार पनि आउने छन् ।

कार्यक्रम बाजागाजा सहित नवलपुरका दलित अगुवाहरुको सहभागितामा हुने जनाइएको छ । उनीहरु आफ्नो अभियान कुनै जाति, समुदाय वा धर्म विरुद्धको अभियान नभई दलित मुक्ति पक्षको मात्र भएको बताएको छन् ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40&t=926s



सम्बन्धित
Loading...