पत्रकार महासंघको निर्वाचनः केन्द्रिय सदस्य जिल्ला अध्यक्षमा पराजित




परासी । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी आफ्नै जिल्लामा अध्यक्ष पदमा पराजित भएका छन् ।

यस अघि केन्द्रिय सदस्यमा निर्वाचित पुरुषोत्तम सुवेदी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा अध्यक्ष पदमा हरि शर्मासँग पराजित भएका हुन् । सुवेदी प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष समेत हुन् ।




युनियनले अध्यक्ष पदका लागि उम्मेदवार टुंगाउन नसकेपछि निर्वतमान केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी र निवर्तमान जिल्ला हरि शर्मा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

सुवेदीलाई युनियनका गठबन्धनले साथ दिएको थियो भने शर्मालाई प्रेस युनियन सहित, प्रेस चौतारी, प्रेस संगठन, क्रान्तिकारी पत्रकार महासंघले पनि साथ दिएका थिए ।

कुल खेसेको ८९ मत मध्य शर्माले ४८ मत प्राप्त गरेका थिए भने प्रत्यासी सुवेदीले ४१ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा प्रेस युनियनबाट मात्र उम्मेदवारी परेको थियो । अन्य पदमा पनि ओली निकट प्रेस चौतारीका अधिकांशले निर्वाचित भएका छन् ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40&t=212s



सम्बन्धित
Loading...