श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ


रुपन्देहीको हर्नैयामा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।



सियारी गाउँपालिका – ३ हनैयाकी ५५ वर्षिय कुस्मा बानियालाई हत्या गरेको आरोपमा श्रीमान गनपत वानियलाई प्रहरीले पक्राउ गरेको हो।

श्रीमान श्रीमतीको सामान्य विवाद हुँदा आवेशमा आइ गनपतले श्रीमतीको घाँटी थिचेको प्रहरीको भनाइ छ।




घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए।



सम्बन्धित
Loading...