गहुँ बारीमा आगो लगाउन गाउँपालिकाद्वारा रोक




रामकरण हरिजन –

परासी २८ चैत्र । पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका क्षेत्र भित्र गहुँबारीमा गहुँ बालीको डण्डीमा आगो लगाउन गाउँपालिकाले रोक लगाएको छ ।




पाल्हीनन्दनको विभिन्न स्थान र वडाहरुमा गहुँ बालीको डण्डीमा आगो लगाउँदा गहु बालीमा आगो लागि क्षति भएको छ ।
स्थानीय स्तरमा गहुँबालीको डण्डीमा आगो लगाउँदा वातावरण प्रदुषण हुनुका साथै वरिपरी गहुँबाली तथा गाउँमा समेत आगो लाग्न

जोखिम देखिएकोले डण्डीमा आगो नलगाउन पाल्हीनन्दन गाउँपालिकाले अनुरोध गरेको छ ।

वरिपरि रहेको गहुँबालीमा आगलागी जोखिम बढने सम्भावना बढीरहेको देखिदा डण्डीमा आगो नलगाउँन सूचनामार्फत पाल्हीनन्दन गाउँपालिकाले सम्पूर्ण कृषकबासीहरुलाई जानकारी गराएको छ ।

गाउँपालिकाले जारी गरेको सूचना विपरीत काम गरी हानी नोक्सानी पु¥याएमा स्थानीय सरकार ऐन कारवाही गर्ने पाल्ही नन्दनका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले जानकारी दिए ।



सम्बन्धित
Loading...