चितवनमा गाडी कल्भर्टमा खस्दा दुई जनाको मृत्यु, आठ घाइते
चितवनमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आइतबार विहान भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
उनीहरुको सनाखत हुन सकेकाे छैन। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।
चालक भरतपुरका ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।