स्तन र पाठेघरको क्यान्सर परीक्षण
बर्दघाट, ।
महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण तथा शरिरको अन्य भागको क्यान्सर सम्बन्धी परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर बर्दघाट वडा नम्बर ९ सम्पन्न भएको छ । पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेड र विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको आयोजनामा शिवर संचालन भएको हो । शिविरको उद्घाटन नगर प्रमुख धिरज शर्मा बस्यालले गरेका थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका नगर प्रमुख बस्यालले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धी समस्या बढि देखिने गरेका कारण बर्दघाट नगरपालिकाले सबै महिलाहरुलाई चेकजाँचका लागि सहज होस भनी स्वास्थ्य शिविर संचालन गरेको बताए ।
समयमै परिक्षण गरेमा क्यान्सर संका लाग्नासाथ उपचार सुरु गरे यो रोग निको हुने भएकोले यस्ताखालका समस्या भए नलुकाउनका लागि महिला दिदीबहिनीहरुलाई बस्यालले आग्रह समेत गरेका थियो । समय समयमा रोगनै नलागे पनि स्वास्थ्य परिक्षण गर्ने गरेमा कुनैपनि रोगले एक्कासी थला नपार्ने भएकोले आफ्नो स्वास्थ्यप्रति गम्भिर हुन पनि बस्यालले आग्रह गरेका थियो ।
शिविरमा प्राविधिक सहयोग वि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनको रहेको थियो । क्यान्सर अस्पतालबाटै आएका चिकित्सकहरुको टोलीले महिला दिदीबहिनीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् । विहान ८ बजे बाट सुरु भएको शिविर साँझ ५ बजे सम्म संचालन भएको थियो । शिविरमा ६ सय जनाले स्वास्थय परिक्षण गराएका छन् ।
शिविर पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्थाकी अध्यक्ष लोमा वाग्लेको अध्यक्षतामा भएको थियो ।