नेपाल आमा समुहको ५ औं अधिवेशन सम्पन्न
नेपाल आमा समुह बर्दघाट ४ नवलपवरासीको ५ औं अधिवेशन समुहको सभाहल बर्दघाटमा भएको छ । सो अधिवेशन बाट हुमिसरा थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।जसको उपाध्यक्षमा रेनुका खत्री, सचिवमा मनिशरा मश्राङ्गी, कोषाध्यक्षमा सुन कुमारी श्रेष्ठ र सह सचिवमा चुत्र कुमारी तिवारी चयन भएका छन् ।
त्यसै गरि सदस्यहरुमा क्रमश डिला देवी घिमिरे, मिरा शर्मा, विष्णु कुमारी गैरे, अमला कुमारी सुनार, विना थापा र देवी जिसी क्षेत्री रहनु भएका छन् । सस्ंथालाई सहयोग गर्नुहुने पुर्व पदाधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी (बसु्प) का कार्य समिति सदस्य पप्पु रेग्मी र भैलो समितिमा रहेका सम्पुर्णलाई सम्मान समेत गरिएको थियो ।
अधिवेशन उद्घाटन सत्रमा राधिका सापकोटाको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यता गरिएको थियो भने , कार्यक्रमको संचालन दिल कुमारीले गरेकी थिईन् ।