लुइटेल बन्धु प्रतिष्ठानको राष्ट्रिय अध्यक्षमा देवीप्रसाद
लुइटेल बन्धु प्रतिष्ठानले राष्ट्रिय अधिवेशन मोरङ्गको बेलबारीमा सम्पन्न गरेको छ ।
देशैभरिका ३५ जिल्लाको प्रतिनिधित्वमा यो अधिवेशन सम्पन्न भएको हो । ५२ वटा जिल्लामा लुईटेलहरू भेटिए पनि ३५ वटा जिल्लालाई समेटेर २७ वटा जिल्ला कमिटिको रहेको जनाईएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा। डा। खगेन्द्रप्रसाद लुइटेलले लुईटेलहरू देशबिदेशमै छरिएर रहेका छन् तर एकापसमा सुमधर सम्बन्ध राख्न नसकिएको बताए ।
कतिपय ठाउँमा आफ्ना बंशहरू नभेटिएको ठाउँमा प्रतिष्ठान मार्फत् बंश भेटाउन सफल भएर नै बंशावली पुस्तक प्रकाशन गर्न सफल भएको बताएका छन् । हरेक लुइटेलहरूको समस्या बुझ्न र समस्या समाधान गर्न पनि प्रतिष्ठान चाहिएको बताए । केन्द्रीय अध्यक्ष कृण्णगोपालको अध्यक्षतामा मोरङ्ग, बेलबारी स्थित केन्द्रीय कार्यलयमा नै अधिवेशन सम्पन्न भएको हो ।
मोरङको बेलबारी ११ मा लुईटेल बन्धु प्रतिष्ठानको पाँच कठ्ठा जमिनसहित केन्द्रीय कार्यलय रहेको छ । प्रतिष्ठानले देशैभरि रहेका लुईटेलहरूको नामावली रहने गरी बंशावली प्रकाशन गरेको छ । साथै लुईटेल कल्प बृक्ष नामक बार्षिक पुस्तक पनि प्रकाशन गर्दै आएको छ ।
पाँचौं अधिवेशनबाट देविप्रसाद लुईटेल भक्तपुरको नेतृत्वमा ३४ सदस्सीय नयाँ केन्द्रीय समिति निर्माण गरेको छ । जसको सहअध्यक्षमा भूपराज लुइटेल झापा, उपाध्यक्षहरूमा छविलाल लुइटेल काठमाण्डौं, भवनाथ लुईटेल मोरङ्ग, रामप्रसाद लुइटेल सिन्धुपाल्चोक, टेकप्रसाद लुइटेल स्याङ्जा, तिलकराम लुईटेल पाल्पा९काठमाण्डौं, महासचिवमा गायत्री लुईटेल स्याङ्जा , सचिवमा टंकप्रसाद लुइटेल झापा, मिनकुमार लुइटेल स्याङ्जा , कोषाध्यक्षमा दिपेश लुईटेल काठमाण्डौं, सहकोषाध्यक्ष कोमलप्रसाद लुईटेल मोरङ्ग , सदस्यहरूमा हरिप्रसाद लुईटेल ईलाम, जगतनाथ लुईटेल झापा , सिताराम लुईटेल काठमाण्डौं , होमनाथ लुइटेल गुल्मी, युवराज लुइटेल सुनसरी , पोष्टकुमार लुइटेल सर्लाही लालप्रसाद लुइटेल भोजपुर खोटाङ्ग बुद्धिकुमार ।
महेश लुइटेल उदयपुर, भुवाप्रसाद लुइटेल रूपन्देही , हरिप्रसाद लुईटेल सिन्धुपाल्चोक नुवाकोट, नवराज लुईटेल, भवानी लुईटेल झापा , हरिप्रसाद लुइटेल मोरङ्ग , हिकमत बहादुर लुइटेल धादिङ्ग , टंकप्रसाद लुइटेल नवलपुर चयन भएका छन् ।
भेलामा नवलपुरबाट ५ जना प्रतिनिधि रहेका थिए ।