सहयात्रीको प्रथम साधरण सभा

सहकार्यका लागि सहयात्री समुह बर्दघाट ७ जिमिरेभारको प्रथम साधारणसभा जिमिरेभारमा भएको छ । समुहका अध्यक्ष नोशन सुवेदीको अध्यक्षता र वडा नम्बर ७ को महिला वडा सदस्य कविता रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले महिलाहरु एकजुट भएर संस्थामा आवद्ध भएर अगाडि बढेकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रका केन्द्रिय अध्यक्ष नवराज श्रेष्ठ, उद्यमी महिलाको तर्फबाट शान्ति लुईटेल, ग्रिन तारा नेपालकी स्वास्थ्य कर्मी रेखा अधिकारी रेग्मी , संस्थाका सदस्य सिता सापकोटा लगायतले मन्तब्य ब्यक्त गनुृभएको थियो ।
संस्थाका अध्यक्ष नोसन सुवेदीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष आरती नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिव बुद्धिमाया अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सह कोषाध्यक्ष सरिता कार्कीले गरेका थिए ।