देवचुली मेयर कपको फाइनलमा गैडाकोट र भानु युथ भिड्ने
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा जारी देवचुली मेयर कपको फाइनलमा गैडाकोट फुटबल क्लब गैडाकोट र भानु युथ एकेडमी भिड्ने भएको छ ।
फाइनल खेल बैशाख २ गते विहीबार हुने छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा देवचुली नगरपालिका भित्र र बाहिरका गरी नवलपुर जिल्ला भरीका १६ समूहको सहभागिता रहेको थियो ।
वरचुली माविको खेलमैदान फारममा सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा भानु युथ एकेडेमीले केउरानी युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै भानु युथ एकेडमीले उपाधी जितको होडमा आफूलाई पुर्याएको हो ।
प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ, द्वितीय टिमले नगद ७५ हजार रुपैयाँ र सेमिफाइनलमा पुग्ने टिमले २०÷२० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
https://www.youtube.com/watch?v=T06Xfj6KfYk&t=15s
