सुनवलका एक वृद्धको कोरोना विशेष अस्पतालमा मृत्यु


चैत ३० । पश्चिम नवलपरासीको सुनवलका एक कोरोना संक्रमित वृद्धको बुटवल स्थीत कारोना विशेष अस्पतालमा मृत्यु भएको छ । आइतबार सुनवल नगरपालिका वडा नम्बर ५ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।



मृतकमा श्वासप्रश्वासमा समस्या, दम र सुगरको समस्या रहेको कोरोना फोकल पर्सन देविलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो । यससँगै हालसम्म जिल्लामा ३४ जना संक्रमितको मृत्यु भएको छ ।

यसैगरि जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा एन्टीजेन्ट परिक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ५ का एक महिला र दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा संक्रमितको संङ्ख्या १४ सय ५६ पुगेको छ ।




यस्तै पश्चिम नवलपरासीमा आइतबार एक जना महिला र २ जना पुरुषगरि तीनजना कोरोना संक्रमण मुक्त भएका छन् । अब जिल्ला भित्र ३ जना महिला र ५ जना पुरुषगरि ८ जना संक्रिय संक्रमित आइसोलशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...