चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु




चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो ।




कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

 



सम्बन्धित
Loading...