ट्याक्टरबाट खसेर १३ वर्षीया बालकको मृत्यु
गोरखामा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
सहिदलखन गाउँपालिका–९ सेप्राक नाम्जुङस्थित सडकमा ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने होमनाथ ढकालको १३ वर्षीय छोरा दिवश ढकालको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।