चार थान भरुवा बन्दुक सहित २ जना पक्राउ


प्रहरीले चार थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । खप्तड छेडेदह गाउँपालिका–३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।



विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ।

उनीहरुको घर तलासी गर्दा बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो देखिने खप्पर सहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको छ ।




साथै उनीहरुले सोही ठाउँस्थित खाली गोठमा लोड गरी लुकाई राखेको बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...