बढ्न थाल्यो संक्रमित, पछिल्लो २४ घण्टामा थपिए ६०३ कोरोना संक्रमित
काठमाडौं । गत २४ घण्टामा देशभर ६ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्रवर गौतामका अनुसार परीक्ष ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार ४ हजार २ सय ८९ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ भने ४ सय ५१ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको छ । जसमध्ये पीसीआर परीक्षण विधिबाट ५ सय ८० र एन्टीजेन विधिबाट २३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले प्रेस ब्रिफिङका क्रममा बताए । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ८१ हजार ५ सय ८७ पुगेको छ ।
तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना मात्र बुधबार कोरोनामुक्त भएका छन् । हाल नेपालमा देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
