सरकारी अस्पताललाई निर्देशनः ५० प्रतिशत बेड काेराेना संक्रमितका लागि राख्नु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।



संक्रमणको दर दिनदिनै बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले साथै सरकारी अस्पतालहरूलाई संक्रमितको निस्शुल्क उपचार गराउन र अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न भनेका मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।




त्यस्तै, निजी प्रयोगशालाहरूलाई कोरोना परीक्षण गरेबापत दुई हजारभन्दा बढी शुल्क नलिन भनेको छ।

सबै अस्पतालहरूलाई बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपांगता भएका संक्रमितहरूलाई विशेष प्राथमिकता दिएर उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ।



सम्बन्धित
Loading...