विद्यालय एक हप्ता बन्द गर्ने निर्णय


नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।



कोरोना संक्रमणको जोखिम बढेकाले भोली (शुक्रबार) बाट लागु हुने गरी महानगरले एकहप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड १९–को संक्रमण बढ्दै गएपछि विपद् व्यवस्थापन समितिले उपमहानगरपालिका भित्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।




बाँकेमा हिजो बुधबार एक सय २३ जना नयाँ संक्रमित थपिएका थिए । यस्तै जिल्लाका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)समक्ष प्रस्ताव लैजाने निर्णय पनि महानगरले गरेको छ ।



सम्बन्धित
Loading...