पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरीका ३ हजार ५ सय ८८ पीसीआर परीक्षण गदा ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ।