नवलपरासीमा बन्चित समाजले अम्बेडकर जयन्ती मनाए




रामकरण हरिजन –
परासी, २ बैशाख । पश्चिम नवलपरासी रामग्राम नगरपालीका वडा नं ७ उजैनीमा बन्चित समाज बोधिसत्व बाबा साहब भिमराव अम्बेडकरको १३० औ जन्म जयन्ती पर अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुधवार रामग्राम ७ उजैनीको वडा कार्यालयमा अम्बेडकर जयन्ती मनाएको हो यस अन्तरक्रिया कार्यक्रमको आयोजक बन्चित समाज नवलपरासी संयोजक अधिवक्ता मनोज कुमार नागवंशी कार्यक्रम अध्यक्ष रामअवतार बौद्ध प्रमुख अतिथी शिवशंकर बौद्ध लगायत उपस्थित थिए ।




बुधवार विभिन्न मुलुकहरुमा डां भिमराव अम्बेडकरको जयन्ती मनाएको छ बाबा साहब भिमराव अम्बेडकर नामबाट चिन्छन उहा न्यायविद र समाज सुधारको काम गर्नु हुन्थ्यो डां भिमराव अम्बेडकर को १३० औ जन्म जयन्तीको उपलक्ष्यमा विश्वभरी उहालाई सम्झिरहेका छन ।

डां बाबा भिमराव अम्बेडकर बन्चित सोशित वर्गका समर्थन गर्नु हुन्थ्यो त्यती मात्र हैन बन्चित समाज लाई अगाडी बढाउनको लागि संघर्स गर्नुका साथै सोसित समुदायको न्याय गर्नु हुन्थ्यो ।त्यती मात्र हैन भारतमा स्वाधिन्ता संग्राम सेनानी संविधान शिल्पी समाजिक न्याय विधिवेत्ता अग्रदुत संविधान शिल्पकार भारत रत्न डां भिमराव अम्बेडकर भारतका संविधान निर्माता थिए ।

डा. भिमराव अम्बेडकर को जन्म १४ अप्रेल १८९१ मा महु मध्य प्रदेशमा भएको थियो बाबा साहब को संविधान निर्माता र भारत अजाद हुनु भन्दा पहिला कानुन मन्त्रीको रुपमा चिनिन्थियो भारतको एक प्रमुख वास्तुकार अम्बेडकर महिलाहरु र मजदुरहरुको अधिकारको लागि अदालतमा वकालत बहस गर्नु हुन्थ्यो ।

२०१५ देखि अम्बेकर जयन्ती को सार्वजनिक रुपमा घोषणा गरेको छ ।उहा लाई ३१ मार्च१९९० को मरणो परान्त भारत रतन बाट सम्मानित गरेको छ बाबा साहब वास्तवमा सफलता पाउनको लागि जीवन भरी संघर्ष गर्न अग्रदूत थिए । उहाले दलित र पिछडा समुदाय लाई अधिकार दिलाउनको लागि जीवन भरी संघर्ष गर्नु भयो ।

दलित र पिछडा समुदायहरुको महिलाहरुको अधिकार दिलाउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरी जिवन भरी संघर्ष गरेको देखेर प्रत्येक वर्ष बाबा भिमराव अम्बेडकर लाई सम्झनेहरु उहाको जन्म दिन लाई जयन्तीको रुपमा विश्वभर मनाएको बकताहरुले बताए ।
बन्चित समाजको अधिकार दिलाउने कुरा उठाउने बाबा भिमराव अमेबेडकर भारतको संविधान लेखने कानुन मन्त्री थिए उहाको जयन्ती मात्र हैन हामीहरु जयन्ती लाई पर्वको रुपमा मान्नु पर्छ विश्वको १९३ वटा देशहरुमा उहाको जन्म जयन्ती मनाएको छ भगवा दास बौद्धले बताए ।

अशोक कुमार बौद्धका अनुसार हामी दलितहरु लाई विधानमै तल्लो जाती भनेर लेखिएको छ त्यही भएर हामी दलितहरुलाई कुनै कुनै ठाउमा मन्दिरमा पनि प्रवेश गर्न दिदैन र हामी दलितहरु माथी छुवाछुत भेदभाव सम्मको यो समाजमाले गर्दै अएको छ ।



सम्बन्धित
Loading...