सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु




सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे ३ बजे शम्भुनाथ नगरपालिका-३ स्थित पूर्वपश्चिम लोकमार्गमा बसले एम्बुलेन्सलाई ठक्कर दिएको हो।




पूर्व जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको हो।

ठक्करबाट सिरहा सुखिपुरका औषधी व्यवसायी अन्दाजी ४५/५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनी एम्बुलेन्स चालक हुन्।

उनका अनुसार कमातको घटनास्थलमै मृत्यु भएको हो।



सम्बन्धित
Loading...