देशभर ९ सय संक्रमित थपिए, ४ जनाको मृत्यु
नेपालमा आज ९०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १५८ नमुनजा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ३,०७० पुगेको छ । सोही अवधीमा २०८ जना निको भएका छन् ।