बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु


बाँकेमा उपचारको क्रममा दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।



घोराही उपमहानगरपालिका–११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।




बाँके बाहेकका बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका ९४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।



सम्बन्धित
Loading...