बाँकेबाट ब्राउनसुगर सहित ५ जना पक्राउ




बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।




लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथमा ब्राउन सुगर फेला परेको थियो ।



सम्बन्धित
Loading...