नेपालमा काेराेना संक्रमितकाे दर बढ्दाे, एकैदिन १२ सय बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२ सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १२ सय २७ र एन्टीजेनमा ५४ जनालाई पोजेटिभ देखिएको छ ।
२४ घण्टामा ७ हजार १ पीसीआर र ५ सय ४७ जनाको एन्टीजेन परीक्षण भएको थियो । सोही अवधिमा २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ५ सय ५५ जना निको भएका छन् भने ३ हजार ९१ जनाको मृत्यु भएको छ । अहिले ७२ सय ९१ जना संक्रमित आइसोलेसनमा छन् ।