प्रहरी महानिरीक्षकले गरे मौलो पूजा


भरतपुर । कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढिरहेका कारण सरकारले भरतपुर महानगरका सबै विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरेको छ ।



सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाबाट अतिप्रभावित भएका १४ जिल्लाका सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द भएका छन् । विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । विद्यालय बन्द भए पनि परीक्षा सञ्चालन गर्न पाइनेछ । वैकल्पिक शिक्षण विधिबाट पढाइ सञ्चालन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।




भरतपुर महानगरबाहेक चितवनका अन्य ६ वटा पालिकाहरुको विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । मन्त्रिपरिषद्को निर्णयअनुसार चितवनको भरतपुर महानगरबाहेक अन्य ६ पालिकाहरुले विद्यालय सञ्चालन गर्न पाउनेछन् । यद्यपि, विद्यालय सञ्चालनको अधिकार पालिकामा निहित हुन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गृह मन्त्रालय तथा शिक्षा मन्त्रालयबाट विद्यालय बन्दको कुनै पत्र नआएको बताए । उनले भने, ‘सूचनाहरु त मैले पनि मिडियाबाट थाहा पाएको हुँ, आधिकारिक पत्र कुनै आएको छैन ।’ उनले आधिकारिक पत्र नपाई आफूले विद्यालय बन्दको विषयमा केही भन्न नसक्ने बताए । उनले भने, ‘पत्र पाउनासाथ सबै क्षेत्रमा सूचना प्रसारण गर्नेछौँ ।’

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले पनि सम्बन्धित मन्त्रालयबाट विद्यालय बन्द गर्ने विषयमा कुनै सूचना नआएको बताए । उनले भने, ‘सूचना आएको छैन, कसरी विद्यालय बन्द गर्न भन्न सकिन्छ र ? सूचना आएपछि बल्ल विद्यालय बन्दको खबर पठाउन सकिन्छ ।’ उनले भरतपुर महानगरभित्रका विद्यालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यार्थी तथा अभिभावकमा त्रास छाएको र एउटा संस्थागत विद्यालय दुई दिन बन्द गरेको बताए ।



सम्बन्धित
Loading...