कोरोनाको कहर बढेपछि पश्चिम नवलपरासीमा हाटबजार बन्द
नवलपरासी, ७ बैशाख । कोरोनाको संक्रमण ह्वात्तै बढ्न थालेपछि पश्चिम नवलपरासीमा हाट बजार बन्द गरिएको छ ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार सहित सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, खेलकुदका गतिविधि सहित मानिस भिडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द भएको जनाएको छ ।
त्यसैगरी विवाह, महोत्सव, जात्रा, मलामी, न्वारन, पास्नी व्रतबन्धन आदि गर्दा २५ जना भन्दा बढी भिडभाड हुन नपाउने उल्लेख गरिएको छ ।
यात्रुवाहक बसमा क्षमता भन्दा बढी यात्रु राख्न नपाइने आदि उल्लेख गरिएको छ ।

