पश्चिम नवलपरासीमा एक सयको हाराहारीमा गिद्ध मरे




नवलपरासी, ८ बैशाख । पश्चिम नवलपरासीमा एक साथ एक सयको हाराहारीमा गिद्ध मरेका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा गिद्धहरु मरेको अवस्थामा फेला परेका छन् ।




स्थानीय बासिन्दा रामजी प्रजापतिका अनुसार मंगलबार विष खुवाएर मरेको कुकुरको सिनो खाएका कारण गिद्ध एक साथ मरेको हो ।
पाल्ही बहुमुखी क्याम्पस पछाडि गिद्धहरु मरेको अवस्थामा भेटिएका छन् ।

जटायु रेष्टुरेण्ट पिठौलीका व्यवस्थापक समितिका संयोजक डिबी चौधरीका अनुसार डंगुर गिद्ध र हिमाली गिद्धहरु मरेको पाइएको हो ।
उनले आफ्नो टोली घटना स्थलतर्फ गएको र टोली पुगेर थप अनुसन्धान भए पछि मात्र विस्तृत विवरण दिन सकिने बताए ।

प्रकृतिको कुचिकार मानिने गिद्धको संरक्षणमा लागेका संरक्षणकर्मीहरुलाई यो घटनाले ठूलो नोक्सान पुर्याएको छ ।

गिद्ध अर्थात जटायु विशाक्त आहारका कारण घटेको भन्दै संरक्षणका लागि नवलपरासीको कावासोती, रुपन्देही, दाङ लगायतका क्षेत्रमा अहिले जटायु रेष्टुरेन्ट नै खोलेर विशाक्त प्रयोग नभएका पशुचौपायाको निधन भछि गिद्धलाई आहारको रुपमा खुवाउने गरिएको छ ।
– परासीबाट सुरेश यादव

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=-27IarSJygY



सम्बन्धित
Loading...