सुदूरपश्चिममा अझै पीडित छन् महिला


डोटीको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्दछ।



विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहुसांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा रहे पनि यहाँको सामाजमा व्याप्त छाउपडीलगायत महिला हिंसाका अरू अन्धविश्वासका कारण उत्तिकै मात्रामा बदनाम पनि हुन पुगेको छ।




सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरूले जति नै प्रयास गरे पनि सुदूरपश्चिम प्रदेश भन्ने बित्तिकै अधिकांश नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्रका रूपमा स्मरणमा आइहाल्छ। यो नहोस् पनि कसरी ? यिनै कुप्रथाका कारण यहाँका सयौं महिलाले बर्सेनि अकालमै ज्यान गुमाउनुपरेको छ।

यहाँ यस्ता वियोगका प्रशस्त उदाहरण भेटिन्छन्। कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरू मृत्युको मुखमा पुग्न बाध्य छन्। छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन।

यिनै कुप्रथाहरूले अझै पनि यहाँका महिलाहरूको ज्यान लिइरहेको छ। यो प्रदेशको नौ जिल्लामध्ये सात वटा पहाडी जिल्लाका अधिकांश महिलाहरू छाउपडी प्रथाका कारण बर्सेनि मृत्युको शिकार हुन बाध्य भएका छन्। छाउपडी प्रथाका कारण बर्सेनि दर्जर्नाैं महिला अकालमै ज्यान गुमाउन पनि बाध्य छन्। त्यसको खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन। यहाँका पहाडी जिल्लामा अहिले पनि विभिन्न अन्धविश्वास कायमै रहेका कारण छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन।



सम्बन्धित
Loading...