महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुईजनाको शव भेटियो
महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । एक जना युवकको र अर्को वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ बर्षका युवकको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने युवकको सनाखत हुन सकेको छैन् ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।