चिया उद्योगमा आगलागी


ईलामकाे ग्रामिण चिया उद्योग प्रा.लि.मा आगलागी हुँदा १० लाख बराबारको चिया जलेर नष्ट भएको छ ।



सुर्योदय नगरपालिका– ९ गैरिगाउँस्थित उद्योगमा आज बिहान साढे ५ बजे आगलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट भएको हो ।

सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको बताइएको छ ।




उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।



सम्बन्धित
Loading...