चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


पोखराका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ।



मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय वृद्ध छन्।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।




अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।



सम्बन्धित
Loading...