एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ


एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन्।



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।




खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ।

मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद छ। खड्काले राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी थिइन्।



सम्बन्धित
Loading...