भरुवा बन्दूक पड्किँदा मोरङमा एकजनाको मृत्यु
मोरङमा शिकार खेल्न गएका एक पुरुषको भरुवा बन्दूक पड्किएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।
शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर छर्राले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।