मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
कोरोना संक्रमण बढ्न थालेपछि कैलालीमा प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारवाही गर्न थालेको छ ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनमा प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेका व्यक्तिलाई कारवाही गर्न थालेको हो ।
बुधबार मात्र ४३ जना त्यस्ता व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।