सरावलमा नमुना महिला भवन बन्दै


  • महेश यादव – 



नवलपरासी, ९ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अतिक्रमण भएको जग्गामा गाउँपालिका स्तरीय महिला भवन बनाउन शुरु गरेको छ ।

सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा रहेको अतिक्रमण गरिएको जग्गालाई स्थानीय सरकारले खाली गराएर उक्त जग्गामा पालिका स्तरीय महिला भवन निर्माण कार्य सुरु गराएको हो ।




स्थानीय सरकारले पालिका भित्र भएको अतिक्रमीत जग्गाहरुलाई खालि गराएर जनताको हकहितको लागि विभिन्न भौतिक निर्माण कार्य गराईरहको छ ।

सरावल गाउँपालिका उपप्रमुख उत्तमा राय र अन्तरपार्टि महिला सञ्जालको नेतृत्वमा खालि गराएको अतिक्रमित जग्गामा विभिन्न सुबिधा सम्पन्न भौतिक निर्माण कार्य भईरहको उत्तमा रायले बताइन् ।

करिब ६ कठ्ठा अतिक्रमित जग्गालाई खालि गराएर तत्कालै पालिका स्तरीय महिला भवन निमार्ण भईरहेको छ ।

उक्त खालि गराईएको अतिक्रमित जग्गामा संसदीय कोटाबाट २० लाख र सरावल गाउँपालिकाबाट १० लाख गरी ३० लाख बराबरको रकम बाट निर्मित महिला भवन निर्माण गर्नुका साथै बालमैत्री, महिला मैत्री शौचालय निर्माण गर्नुका साथै नमुना करेसाबारी सञ्चालन गर्ने लक्ष्य राखेको उपप्रमुख रायले बताइन् ।

https://www.youtube.com/watch?v=-27IarSJygY&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...