मलेसियामाथि नेपालको शानदार जित




९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम लिग खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६९ रनको शानदार जित हात पारेको छ ।

त्रिवि मैदानमा करण केसीले छक्का वर्षा गर्दा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले ३ विकेट लिए । यस्तै आफ्नो १०० औं टी-२० खेलमा सन्दीप लामिछानेले पनि ३ विकेट लिए ।




मलेसियाको महत्वपूर्ण ३ विकेट लिएका सोमपाल कामी म्याच अफ दि म्याच घोषित भए ।

करण केसीले १३ बलमै ७ छक्का मद्दतमा ४५ रन बनाउँदा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन योगदान गरे । करणले एकै ओभरमा मलेसियाका मोगानलाई ४ छक्का प्रहार गरेका थिए ।

२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगावै १४८ रनमा अलआउट भयो । मलेसियाका अमिनुद्दिन रामलीले सर्वाधिक ४१ रन बनाए । मलेसियालाई अलआउट गर्न नेपालका कमल सिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

https://www.youtube.com/watch?v=-27IarSJygY&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...