नवलपुरको बुलिङटारमा जिप खस्यो, एकको मृत्यु १३ घाईते


नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको मृत्यु भएको छ ।
पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं. जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ ।




घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
दुर्घटनामा परि पाल्पा रामपुर नगरपालिका ४ बस्ने अजय विक मुत्यु भएको हो ।

घाईतेहरुको उपचारका लागि दलदलेतर्फ ल्याईदै गरेको छ । जिप सडकबाट ५० मिटर तल खसेको थियो । अप्ठेरो बाटोमा फसेको जिप धकल्ने क्रममा सडकबाट तल खसेको थियो ।

 



सम्बन्धित
Loading...