मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु


सर्लाहीको ईश्वरपुर नगरपालिकाले बयलवास बजारमा मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु गरेको छ ।



नगरपालिकाले १५ दिने सूचना निकालेर सडकमा पर्ने घर टहरा हटाउन भनेपनि सूचनाको बेवास्ता गरेपछि नगरपालिकालेनै घर भत्काउन थालेको हो ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले बजारमा रहेको नगरपालिकाकै व्यावसायिक भवन भत्काएर सडकका संरचना हटाउनथालिएको बताउनुभयो । बयलवास बजार क्षेत्रमा १५/१६ वटाजति पूरै घर र आंशिक रुपमा दर्जनौँ संरचना सडकको मापदण्डभित्र पर्छन्।



सम्बन्धित
Loading...