पश्चिम नवलपरासी सक्रिय संक्रमित १ सय नाघ्यो

पश्चिम नवलपरासीमा सोमबारदेखि सम्पूर्ण शैक्षिक संस्था बन्द


रामकुमार श्रेष्ठ – 



पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ सय नाघेको छ ।
आइतबार थप ३३ जनामा संक्रमण देखिएसँगै पश्चिम नवलपरासीमा संक्रिय संक्रमितको संख्या १ सय ११ पुगेको हो ।
अब जिल्लामा एक सय ११ जना संक्रिय संक्रमित आइसोलशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ति मध्ये अधिकांश होम आइसोलेशनमा रहेका छन् ।




थप एक जनाको निधन

कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा थप एकजनाको मृत्यृ भएको छ । मृत्यृ हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रामग्राम नगपालिका–३ मा यस अघि एक महिलाको एक हप्ता अघि मृत्यृ भएको थियो । नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट देखा परेपछि जिल्लामा दुई जनाको मृत्यृ भएको छ । अहिलेसम्म पश्चिम नवलपरासीमा ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आजदेखि पश्चिम नवलपरासीका विद्यालय बन्द

नवलपरासी । कोभिड १९ को दोस्रो लहरको संक्रमण दर ह्वात्तै बढ्न थाले पनि पश्चिम नवलपरासीमा आजदेखि विद्यालय बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आइतबार सूचना जारी गरी सोमबारदेखि अर्को निर्णय नहुन्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।
पूर्व निर्धारित परीषाहरु पनि सिफ्ट मिलाएर स्वास्थ्यको मापदण्ड पालना गरी बैशाख २२ गते भित्र सक्न निर्देशन दिएको छ ।

हाटबजार बन्द

पश्चिम नवलपरासीमा हाटबजारहरु भने केही दिन अघिदेखि नै बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आइतबार सूचना नै जारी गरे बैशाख १४ गतेदेखि अत्यावश्यक सेवा वाहेक जिल्ला भित्र विहान ७ बजेदेखि दिउँसो १ बजेसम्ममात्र पसल व्यवसाय संचालन गर्न पाउने व्यवस्था गरिएको जनाएको छ ।
त्यसैगरी व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन व्यवसायीलाई अनुरोध गरिएको छ ।

सीमा क्षेत्रमा निगरानी बढ्यो

पश्चिम नवलपरासीमा भारतसँग सिमा जोडिएका क्षेत्र खुल्ला सिमाना प्रशस्त रहेका कारण पश्चिम नवलपरासीमा सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
भारतमा अत्यधिक संक्रमणदेखिने र नेपालमा पनि त्यसको प्रभाव विस्तारै पर्दै गए पनि सीमा नाकामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर कडाई गरिएको हो ।
सीमा नाकाको विभिन्न क्षेत्रमा अहिले स्वास्थ्य हेल्थ डेक्स पनि राखिएको छ ।

अस्पतालको अवस्था र पूर्व तयारी

पश्चिम नवलपरासीमा पछिल्लो एक सातामा कोभिड १९ का संक्रमितको संख्या बढ्न थाले पछि विरामी राख्ने अस्पतालको तयारी तिव्र पारिएको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्ति प्रमुख कृष्ण पोख्रेलका अनुसार अहिले जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा ८ वेडको आइसोलेशन कक्ष राखिएको छ ।
त्यसका अलवा अन्य अस्पतालहरुमा पनि तयारी गरिए पनि अझै तयारी हुन सकेको छैन ।
छिमेकी जिल्ला रुपन्देही जिल्लाको अस्पतालहरु भरिभराउ भई सकेका कारण पश्चिम नवलपरासीमा जटिल प्रकृतिका संक्रमितलाई उपचार गर्न अक्सिजन सहितको वेडहरु तयार गर्नु पर्ने देखिन्छ । त्यसका लागि जिल्ला अस्पतालमा १० बेडको कक्ष तयारी गर्ने तयारी रहेको निमित्त स्वास्थ्य प्रमुख पोख्रेलले बताए ।
त्यसका अलवा बर्दघाट नगर अस्पतालमा १० बेड, सरावलमा ५ वेड, सुनवलमा २० वेड लगायतका गरी सबै पालिका तहबाट गरी १ सय वेडको आइसोलशन कक्ष केही दिनमै तयारी हुने उनले बताए ।

सचेतना अभियान

पश्चिम नवलपरासीमा आइतबार साँझ बसेको डिसिएमीको बैठकले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को महामारीलाई रोकथाम तथा नियन्त्रणकालागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
बैठकले सीमानाकामा सुरक्षा निगरानी बढाई कडा रुपमा चेकजाँच गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले उद्योग धन्दा संचालनको लागि पनि न्यूनतम मापदण्ड तयार गरेको छ । उद्योगमा काम गर्ने मजदुर तथा कामदारहरुलाई स्वास्थ्यको मापदण्डको पालना गर्ने गरी काम गर्ने गराउने भनिएको छ । साथै उद्योग परिसर भित्रै आइसोलेसन तयार गरी मजदुरलाई उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
यस्तै आइतबार बसेको डिसिएमसीको बैठकले सवारी साधनको ढोकामा अनिवार्य स्यानिटाइजर, थर्मल गर्ने, मास्कको व्यवस्था हुनुपर्ने निर्णय गरेको छ । सवारी साधनमा सिट क्षमता भन्दा वेसी यात्रु बोक्नेकाम पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।



सम्बन्धित
Loading...