नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु
१३ वैशाख, विराटनगर । कोरोना संक्रमितका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार राति १०ः१५ बजे उनको मृत्यु भएको हो ।