हेटौँडामा एक पुरुष मृत अवस्थामा फेला




हेटौँडामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१३ मा सोमबार बिहान एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेला परेको शव स्थानीय ३२ वर्षीय जमानसिंह मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । मोक्तानको शव सडकबाट एक सय मिटरभित्र बाँझो बारीमा फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राज कुमार सापकोटाको टोली पुगेको र शवको मुचुल्का उठाउन काम भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

मृतक मोक्तानको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । शवलाई हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...