सिडिओहरुको छलफलः यी क्षेत्रमा निषेधाज्ञा ! (सूचीसहित)

कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा कडाई गरिने भएको छ । अहिले उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । तीन वटै जिल्लाका सिडिओहरु कुन कुन क्षेत्रमा निषेधाज्ञा लागउने भन्ने बारेमा छलफलका लागिजुटेका हुन् ।
सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत क्षेत्रमा निषेधाज्ञा लगाउने बारेमा छलफल भइरहेको छ । तीनै जिल्लाका प्रशासनबीचको छलफलपछि अहिले गृहमन्त्रालयसँग निषेधाज्ञाको मोडालिटी र समयावधिबारे परामर्श भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गरिने बतायएको छ ।