चितवनमा आइतबार ११२ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा आइतबार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १२ गते परीक्षण गरिएका १४० नमुनामध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।
संक्रमित हुनेहरुमा भरतपुर महानगर वडा नं २, ४, ७, ९, १०, ११, १२, १३, १६, २० र २९ का १२ महिला र १२ पुरुष गरी २४ जना रहेका छन् । यस्तै, रत्ननगर १२ का १ महिला, माडी ७ का १ महिला, कालिका ६ का ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, नवलपरासीको गैँडाकोट वडा नं ४, ६, ११, १३ र १४ का ४ महिला र १ पुरुष, कावासोती वडा नं ५, १० र १७ का २ महिला र १ पुरुष, देवचुली वडा नं १२ र १६ का १ महिला र १ पुरुष तथा मध्यविन्दु वडा नं १५ का १ पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।
यसैगरी, भरतपुर अस्पतालकै कोभिड प्रयोगशालामा परीक्षण गरिएका बाग्लुङका १ पुरुष, रुपन्देहीका १ महिला, लमजुङका १ पुरुष, गोरखाका १ महिला, रुकुमका १ महिला र झापाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गरिएका १०६ नमुनामध्ये ६५ जनामा संक्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा. अनुप पौडेलले जानकारी दिए ।
डा. पौडेलका अनुसार संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै ३१ जना छन् । जसमा वडा नं १ का २ पुरुष, २ का ३ महिला र २ पुरुष, ३ का १ महिला र १ पुरुष, ४ का १ पुरुष, ६ का १ महिला, ७ का २ पुरुष र १ महिला, ८ का १ महिला, ९ का २ पुरुष र १ महिला, १० का ३ पुरुष, ११ का २ महिला र २ पुरुष, १४, १५, १६ र १७ का १÷१ पुरुष, १८ का १ महिला र १९ र २१ का १÷१ पुरुष रहेको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालाले जनाएको छ ।