नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पिसिआर गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आएका नागरिकहरुको पीसीआर परीक्षण गर्न प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।
हिजाको मिति (१२ गते) सम्म नेपाल आएर क्वारेन्टिनमा बसेकाहरुको हकमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपाल ट्रान्जिट बनाएर अन्य मुलुक जाने नेपाली बाहेकका नागरिकको हकमा यस्तो व्यवस्था गरेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले १२ गतेसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका तथा एयर बबल सुविधा अनुसार नेपाल आउनेहरुलाई सःशुल्क पीसीआर परीक्षणको व्यवस्थ ागर्न आग्रह गरिएको बताए ।