रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस


रुपन्देही – रुपन्देहीमा कोरोना भाइसको संक्रमणको संख्याको दर उच्च वृद्धि हुँदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।



आज मंगलबार बसेको बैठमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । वैशाख १६ गते बिहान १ बजेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । तर उक्त सिफारिसका सम्बन्धमा बुधबार बिहान ११ निर्णय हुने थापाको भनाइ छ ।



सम्बन्धित
Loading...