प्रगतिनगर बजार व्यवस्थापन समितिको आफ्नै भवन बन्दै


कृशला सापकोटा  –



प्रगतिनगर । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको प्रगतिनगरमा रहेको प्रगतिनगर बजार व्यवस्थापन समितिले आफ्नै भवन निर्माण शुरु गरेको छ ।

देवचुली नगरपालिका १५ प्रगतिनगरमा एक तले कार्यालय भवन निर्माण शुरु गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैरेले बताए ।




भवन निर्माणको काम ८० प्रतिशत सकिएको र असार मसान्तसम्म भवन निर्माण सक्ने गरी काम भईरहेको अध्यक्ष गैरेले जनाकारी दिए ।

भवन निर्माणका लागि देवचुली नगरपालिकाले ८ लाख र देवचुली १५ वडा कार्यालयले१० लाख रुपयाँ सहयोग गरेको गैरेले बताए ।

 



सम्बन्धित
Loading...